# म 'ढुंगा'

&emsp;हरेक भावना चुपचाप समेट्ने,  
&emsp;दुखलाई मौनतामा पचाउने,,

&emsp;हरेक पाइलाको भारि बोक्न सक्छु,   
&emsp;भरियाको लागि टेको बन्न खोज्छु,  
&emsp;बटुवाको जुत्ताको पिटाइ खान सक्छु,  

&emsp;भरिया र बटुवा कुनै दिन त आभारी हुनेछन,  
&emsp;मलाई मेरो गन्तव्यमा पुग्न सहयोग गर्ने छन्,  
&emsp;उक्त समय म विलिन हुनु पूर्व आओस,  
&emsp;शरिर कडा हुनु अघि, मन हलुका होस्  
&emsp;बालुवा सरि टुक्रिनु अघि मन एकपटक मिलोस,  

&emsp;न त दोष भरियाको, न त बटुवाको   
&emsp;न त जुत्ताकै, न  लट्ठीको कसुर   

&emsp;कमि मेरो भित्रै छ,  
&emsp;न यहाँ बाट उम्कन सक्छु,  
&emsp;न बगी नै जान सक्छु,   
&emsp;उम्कन त्यहि बटुवाको सहारा,   
&emsp;बगी जान भावी नै कुर्न पर्ने,   
&emsp;आफु आफै संग टुक्रिन पर्ने,  

&emsp;संगै वातावरण संग घुलमिल गर्न खोज्छु,   
&emsp;न त हावा ले साथ दिन्छ ,   
&emsp;न त प्राकृतिक विपत्ति नै साथि छ,  
&emsp;अचानकको हुरी ले क्षणिक साथ पनि छोड्न बाध्य पार्छ,  

&emsp;हिउसंगको हिमचिम हिमपहिरो ले तोड्यो,  
&emsp;ताल संगको तालमेलमा तगारो लाग्यो,  
&emsp;पहाडको प्रेम पर्याप्त हुन्छ कि?  
&emsp;तराइको तयारी गर्न पर्ने?

