# मलाई भन्न मन छ

कहिले सुमधुर बासना छर्ने बोलि, 

कहिले तितेपातीको तिक्तता,

मलाई भन्न मन छ,

त्यो मिठास र तिक्तता मलाई पच्दैन,

  

कहिले साँझ बिहान बिर्स्याउने संवाद

कहिले दिन गन्न पर्ने,

मलाई भन्न मन छ,

त्यो अनावृष्टि मलाई जम्दैन

  

 कहिले ओठमा मेरो मात्र नाम,

कहिले त्यहिँ मरुभूमि बन्ने,

मलाई भन्न मन छ,

यो दुबिधा सह्य हुदैन

  

मलाई भन्न मन छ 

तर.....
