गिरीस-गन्थन
ध्यानाकर्षण प्रस्ताव
प्रतिनिधि सभा — नेपाल संसद
ध्यानाकर्षण प्रस्ताव
Adjournment Motion / Policy Proposal
विषय
राष्ट्रिय हुलाक ठेगाना प्रणाली सुधार
मन्त्रालय
सञ्चार तथा सूचना प्रविधि / स्थानीय तह
१. सन्दर्भ तथा समस्याको पृष्ठभूमि
माननीय सभामुख महोदय, नेपालमा हाल एउटा एकीकृत र संरचित हुलाक ठेगाना प्रणाली अभाव छ। घरदेखि घरमा हुलाक वितरण गर्ने व्यवस्था अत्यन्त न्यून रहेको छ। अधिकांश नागरिकले हुलाक सेवाका लागि हुलाकघरमा स्वयं उपस्थित हुनु पर्दछ, जसले वृद्धवृद्धा, अपांगता भएका व्यक्ति तथा दुर्गम क्षेत्रका नागरिकलाई थप कठिनाइ सिर्जना गर्दछ। डिजिटल अर्थतन्त्रको विकाससँगै ई-कमर्स, कानुनी कागजात, औषधि तथा सरकारी पत्राचारको घरदैलो वितरण आवश्यक भइसकेको छ।
२. मुख्य समस्याहरू
क. नेपालमा प्रत्येक घरको लागि अद्वितीय हुलाक ठेगाना (Unique Postal Address) को अभाव।
ख. हालको हुलाक सेवा घरदैलो वितरणमुखी नभई संग्रहमुखी (Collection-based) रहेको छ।
ग. सडक पहुँच नभएका पहाडी तथा दुर्गम क्षेत्रका बासिन्दा हुलाक सेवाबाट पूर्णतः वञ्चित हुनुपरेको अवस्था।
घ. व्यापारिक सामान, सरकारी कागजात र कानुनी सूचनाको ढिलो तथा अविश्वसनीय वितरणले आर्थिक तथा प्रशासनिक नोक्सानी।
ङ. राष्ट्रिय जनगणनामा घर नम्बर प्रणाली भए पनि हुलाक प्रणालीसँग एकीकरण नभएको।
३. प्रस्तावित राष्ट्रिय हुलाक ठेगाना संरचना
प्रत्येक घरलाई निम्न ढाँचामा अद्वितीय हुलाक ठेगाना प्रदान गरिनु पर्दछ:
<colgroup><col style="min-width:25px"></col><col style="min-width:25px"></col></colgroup>
घरधनीको नाम
राम बहादुर श्रेष्ठ
घर नं. / टोल
H-045, नयाँबस्ती टोल
वडा नं.
वडा नं. ०५
गाउँपालिका / नगरपालिका
पोखरा महानगरपालिका
जिल्ला
कास्की
प्रदेश
गण्डकी प्रदेश
PIN कोड
NP-33700-05-045
PIN ढाँचा: NP-[जिल्ला कोड]-[वडा नं.]-[घर क्रमांक] — यो कोड राष्ट्रिय परिचयपत्र, भू-लेखदर्ता तथा डिजिटल सेवासँग आबद्ध गरिनेछ।
४. कार्यान्वयन योजना (चरणबद्ध)
अल्पकालीन — वर्ष ०–१
• स्थानीय तहमार्फत सम्पूर्ण घरहरूको डिजिटल सर्वेक्षण तथा जिओ-ट्यागिङ।
• प्रत्येक घरमा अद्वितीय PIN कोड सहितको नामफलक (Address Plate) वितरण।
• सडक पहुँच नभएका क्षेत्रका लागि वडा कार्यालय वा स्थानीय संस्थामा अस्थायी हुलाक संग्रह केन्द्र स्थापना।
मध्यकालीन — वर्ष १–३
• हुलाक कर्मचारीलाई घरदैलो वितरण तालिम तथा इलेक्ट्रोनिक ट्र्याकिङ डिभाइस उपलब्ध गराउने।
• ई-कमर्स कम्पनीसँग सार्वजनिक-निजी साझेदारी मार्फत Last-Mile Delivery नेटवर्क निर्माण।
• सडक पहुँच नभएका स्थानमा मोटरसाइकल, खच्चड वा ड्रोन-आधारित वैकल्पिक वितरण परीक्षण।
दीर्घकालीन — वर्ष ३–५
• सम्पूर्ण नेपालमा घरदैलो हुलाक वितरण सेवा पूर्ण रूपमा लागु।
• राष्ट्रिय ठेगाना डेटाबेसलाई राष्ट्रिय परिचयपत्र, जग्गा दर्ता र स्वास्थ्य बिमासँग एकीकरण।
• सडक पूर्वाधार निर्माणसँगै अस्थायी वडा केन्द्रबाट घरदैलो सेवामा स्वतः स्तरोन्नति।
• डिजिटल ठेगाना प्रणालीलाई आपतकालीन सेवा (एम्बुलेन्स, दमकल) सँग आबद्ध गर्ने।
५. सडक पहुँचविहीन क्षेत्रका लागि विशेष व्यवस्था
जहाँ सडक पहुँच छैन, त्यस्ता क्षेत्रका नागरिकका लागि सम्बन्धित वडा कार्यालय, विद्यालय वा स्वास्थ्य चौकीलाई अस्थायी हुलाक संग्रह केन्द्रको रूपमा तोकिनेछ। सम्बन्धित नागरिकको ठेगानामा यस्तो केन्द्रको नाम र सम्पर्क नम्बर उल्लेख हुनेछ। सडक पूर्वाधार निर्माण पूरा भएपश्चात् स्वतः घरदैलो सेवामा रूपान्तरण हुनेछ।
६. औपचारिक माग
अतः माननीय सभामुख महोदयलाई अनुरोध छ कि यस सदनले सञ्चार तथा सूचना प्रविधि मन्त्री र स्थानीय तह मन्त्रीज्यूलाई (क) आगामी ६ महिनाभित्र राष्ट्रिय हुलाक ठेगाना नीति मस्यौदा संसदमा पेस गर्न, (ख) नेपाल हुलाक विभागको पुनर्संरचना गरी घरदैलो वितरण सेवा अनिवार्य बनाउन, र (ग) सडक पहुँचविहीन क्षेत्रका लागि वडास्तरीय अस्थायी हुलाक केन्द्रको तत्काल स्थापनाको कार्ययोजनासहित राष्ट्रिय हुलाक सेवा सुधार मास्टरप्लान तर्जुमा गर्न निर्देशन दिने गरी उक्त प्रस्ताव पारित गर्नुहोस्।
Before we part for the day.
Before the message meant for later.
Before the hug we didn’t think was urgent.
Before the smile that said, soon.
Why don't we?
Are we that selfish?
Are we that occupied?
Before leaving this world,
why don't we say goodbye?
नेपाली अनुवाद:
हामी किन जान्छु भन्दैनौँ?
दिनको अन्त्यमा छुट्टिनु अघि,
पछि पठाउने भनेर छोडिएको सन्देश अघि,
जरुरी नठानेको त्यो अँगालो अघि,
“चाँडै भेटौँला” भन्ने मुस्कान अघि।
हामी किन भन्दैनौँ?
के हामी यति स्वार्थी छौँ?
कि यति व्यस्त?
यो संसार छोड्नु अघि,
हामी किन जान्छु भन्दैनौँ?
म कवि हैन कविता बन्न चाहन्छु,
जसले अनगिन्ती भावना बोलोस्,
शब्द एक हुन, तर अर्थ कैयौं,
जसले मनभित्रको मौनता खोलोस्।
पढ्नेले हाँसो देखून्, र आँसु पनि,
कसैले भेटून् प्रेम, कसैले पीडा
म कवि होइन, ती कविहरूको प्रेरणा बन्न चाहन्छु,
जो आफैंभित्र हराएर पनि सिर्जना गर्न् सकून्।
हरेक भावना चुपचाप समेट्ने,
दुखलाई मौनतामा पचाउने,,
हरेक पाइलाको भारि बोक्न सक्छु,
भरियाको लागि टेको बन्न खोज्छु,
बटुवाको जुत्ताको पिटाइ खान सक्छु,
भरिया र बटुवा कुनै दिन त आभारी हुनेछन,
मलाई मेरो गन्तव्यमा पुग्न सहयोग गर्ने छन्,
उक्त समय म विलिन हुनु पूर्व आओस,
शरिर कडा हुनु अघि, मन हलुका होस्
बालुवा सरि टुक्रिनु अघि मन एकपटक मिलोस,
न त दोष भरियाको, न त बटुवाको
न त जुत्ताकै, न  लट्ठीको कसुर
कमि मेरो भित्रै छ,
न यहाँ बाट उम्कन सक्छु,
न बगी नै जान सक्छु,
उम्कन त्यहि बटुवाको सहारा,
बगी जान भावी नै कुर्न पर्ने,
आफु आफै संग टुक्रिन पर्ने,
संगै वातावरण संग घुलमिल गर्न खोज्छु,
न त हावा ले साथ दिन्छ ,
न त प्राकृतिक विपत्ति नै साथि छ,
अचानकको हुरी ले क्षणिक साथ पनि छोड्न बाध्य पार्छ,
हिउसंगको हिमचिम हिमपहिरो ले तोड्यो,
ताल संगको तालमेलमा तगारो लाग्यो,
पहाडको प्रेम पर्याप्त हुन्छ कि?
तराइको तयारी गर्न पर्ने?
दिन भरि को थकान सुनाउने मन छ,
मन भरिको बखान भन्न मन छ,
तिमी सुने जस्तो त गर।
सबै ठिकै छ भनेर देख्दा नि,
भित्र कताकता चिसो लागेको छ।
तिमी धेरै त बुझ्दैनौ होला, तर—
अलि कति बुझे जस्तो त गर,
तिमीलाई दोष दिन खोजेको होइन,
बस, आज अलिकती सुनाउने मन छ।
तिमी ओठले मौन भए पनि,
मनले छोए जस्तो त गर।
कुरा गर्न छैन भने नि,
कान तिमी मेरो नजिक राख,
म बाँचु भन्ने भर पाउनु छ,
तिमी बाँच्न दिए जस्तो त गर।
जीवन एउटा डायरीजस्तै छ,
जहाँ तिमी पहिलो पात्र भएर बस्छौ।
म पाना पल्टाउँछु, कथा बुनिन्छ,
तिमी भएर मात्र हरेक पाना रङ्गिन बन्छ।
तिमी भएकाले हरेक अक्षर बोल्छ,
तिमी हाँसेपछि मात्र कविता मुस्कान पाउँछ।
तिमी नहुँदा शब्दहरू फिका लाग्छन्,
भावनाहरू अधुरा, अनि कथा अधकल्चो जस्तो।
तिमी मुस्कायौ भने कविता आफैं बग्छ,
अनि मौनताले पनि गीत बनाउँछ।
हरेक दिन, तिमी नाम भएर लेखिन्छौ,
र म फेरि–फेरि तिमीमै हराउँछु।
म लेखिरहन्छु, तिमी पढ्छौ या पढ्दैनौ,
तर तिमी सधैं त्यस डायरीको पहिलो पाना हौ।
बिहान करिब ५ बजे ढोकाको ढकढकाइले मेरो निद्रा खुल्यो “को हो ?” मेरो प्रश्नको उत्तर आएन। को यति बिहान मेरो कोठामा आइपुगेछ भन्दै ढोका खोल्न पुगे  ढोका अगाडी ४ प्रहरी देखेर झस्किए । “ तपाइँ हामीसंग  प्रहरी कार्यालय जानु पर्छ, हिड्नु” ४ मध्येका अघिल्तिरको प्रहरीको भनाइ सुनेपछि मैले के भएछ भनि सोधे! अहिले यहाँ भन्न मिल्दैन, छिटो तयार हुनुहोस, कार्यलयमा सबै कुराको जानकारी दिन्छौ। यो सुनेपछि म झन् आत्तिए। प्रहरीको भनाइ मान्दै मैले टिशर्ट लगाएर उहाँहरुसंगै प्रहरीको गाडीमा बसेर प्रहरी कार्यालय पुगें। मलाई इन्स्पेक्टरको कार्यालयमा लगियो। उहाँले एउटा फायल बाट सानो फोटो मेरो अघि सारेर, यो मान्छे चिन्नुहुन्छ भन्नुभयो।  ‘अनामिका’
“हेलो, यो सिट खाली हो?”
“हजुर”
करिब २ बर्ष अगाडी एक म्यानपावर कम्पनिमा बाहिर सिटमा बसिरहेका बेला उ संग भेट भएको थियो.
म पोखराको लेकसाइडमा रहेको होटेलमा काम गर्थे, जसोतसो जीविकोपार्जन भैरहेको थियो तर पनि केहि अझ जीवनस्तर वृद्धि होस् भनि बैदेशिक रोजगारीको खोजीमा थिए म,  म्यानपावर पुग्दा केहि भिड थियो अफिस भित्र, बाहिर रहेको बेन्चमा बसे, पहेलो टिसर्ट अनि निलो जिन्स लगाएको उनि अरुभन्दा फरक देखिएकी थिइन्, दिउसो को समय अनि भिड भएकोले निक्कै गर्मि महसुस भएको थियो।
“उफ! कति धेरै गर्मि भएको” मैले कुरा अगाडी बढाए।
“तेही त, पोखरा पनि कति गर्मि हुन थालेको।”
“हाइ, म रमण”
“म अनामिका”
उनको र मेरो पृष्ठभुमि करिब करिब एकै रहेछ, केहि बेर राम्रै कुरा भयो, मेरो ड्युटी जोइन गर्ने बेला भएकोले त्यो दिन केहि काम भएन, म उनि संग बिदा मागेर सिधै काममा पुगे।
बेलुका को समयमा काम भएकोले हतार हतार गर्दै करिब ५ बजे होटल पुगे, होटेल कै काम ले व्यस्त भएकोले अरु कुरा को वास्ता भएन, रति १ बजे होटल को काम सक्काए पछि कोठा तिर लागे, कोठा पुग्दा लगभग २ बजीसकेको थियो, फेसबुक खोले, सर्चबक्समा लेखे “Anamika”, थुप्रै प्रोफाइल देखे, केहि समय खोजि पछी भेट्टाए “Anamika Thakuri”, उही मुस्कान, उही निस्फिक्री अन्दाज, रिक्वेस्ट पठाऊ कि? सोचे, तर पठाइन, टिकटक खोलेर सर्च गरे आइडी, प्रोफाइल भेट्टाए, उनको भिडियो हेर्दै थिए, काम को थकानले होकी कतिखेर निदाएछु थाहै भएन, दिउसो ब्युझिदा, फेसबुकमा नोटिफिकेसन आएको रहेछ “Anamika Thakuri sent you a friend request” । हतार हतार एक्सेप्ट गरे। त्यसपछि दैनिक जसो हाम्रो गफ हुन थाल्यो र समय मिलाएर भेटघाट पनि हुन थाल्यो।
आज उनको फोटो प्रहरीको टेबलमा देख्दा छक्क परे। उनि धेरै समय देखि हराएकि रहेछिन। उनको कोठामा पुग्दा मेरो फोटो अनि उनको मोबाइल मा मेरो नम्बर रहेछ। मलाई सोधपुछको लागि बोलाएको रहेछन। हामी करिब १ बर्ष कुरा गरे पनि त्यसपछि कुरा नभएको कुरा मैले भने। मलाई समय समय प्रहरीको मा आउने सर्त सहित छोडियो।
प्रहरिमा पुगेर आएपछि म धेरै आत्तिए। खबर सुनेपछि मैले केहि समय काम मा नजाने निर्णय गरे। राति निद्रा नलाग्ने हुन थाल्यो। तर पनि सम्हालिने कोशिश गरे। मलाई पोखरा बाट टाढा जान मन थियो तर प्रहरीले पोखरा छाड्न मनाही गरेको थियो। केहि समय पूर्व इलाम जाने निधो गरे। करिब एक हप्ता पछी फर्किए र काममा जान थाले।
केहि हप्ता पछी प्रहरीको मा आउन फोन आयो। म प्रहरी कार्यालय पुगे, अहिले सम्म कुनै पनि प्रगति नभएको ले मलाई फेरी बोलिएको रहेछ।
“गत बर्षको माघ २५ गते तपाईं कता हुनुहुन्थ्यो?”
“म गाउँ गएको थिएँ”
“यति यकिनले कसरि भन्न सक्नु हुन्छ?”
“किनभने म त्यो रात गाउँमै थिएँ, प्रहरी जाँच गर्न सक्नुहुन्छ।” मैले आत्मविश्वासका साथ जवाफ दिएँ।
“त्यस दिन मेरो गाउँ जानु पक्का छ, सर, किनभने त्यो मिति नै मेरो बुबाको स्मृति दिवस परेको थियो” मैले जोड दिएँ।
“तर, अनामिकाको कोठामा भेटिएको पत्रमा लेखिएको छ— ‘यदि म हराएँ भने, रमणसँग खोज्नु।’”
मेरो निधार चिसो भयो।
इन्स्पेक्टर अगाडि झुकेर, गम्भीर स्वरमा भने, “अब तपाईं भन्न सक्नुहुन्छ, अनामिका कहाँ छिन्?”
मैले पसिना पुसे। म साच्चै अनामिकाको बारेमा केही जान्दिनथिएँ।
मैले हिम्मत गर्दै भनेँ —
"सर, म... म केही जान्दिन। साँच्चै।"
केहि समय पछी मलाई फेरी प्रहरी कार्यालयमा उपस्थित हुन भनियो।
यो बिषयमा केहि कुरा फेला परेको रहेछ, करिब २ बर्ष अगाडी फेवा तालमा एउटा शव फेला परेको रहेछ, उक्त शव अन्दाजी २२-२४ बर्षकि युवतीको रहेछ।
“मलाई यो सब किन भन्दै हुनुहुन्छ, अनि यो बिषय संग यो २ बर्ष अगाडिको सम्बन्ध के छ?” मलाई अर्को मृत्युको खबर किन सुनाइदैछ, म अलमल्ल थिए।
“यिनको नाम हो अनामिका ठकुरी, र तपाईले देखाउनुभएको अनामिका संग हुलिया मिल्छ।”
इन्स्पेक्टरले यति भनिसक्दा मेरो छाती भारी भयो।
"के भन्दै हुनुहुन्छ तपाइँ? तर… मैले त उनीसँग कुरा गरेको थिएँ। म्यानपावरमा, फेसबुकमा… हामी सँगै पोखरामा हिँडेका थियौं… तस्बिर छ नि?"
इन्स्पेक्टरले त्यो फोटो हेरे —
"हो, यो तस्बिर हामीले हेरेका छौँ। तर रमण…"
उहाँले त्यो फाइलबाट अर्को कागज निकालेर देखाए। त्यो सिसिटिभी फुटेज थियो।
"तपाईले भनिरहनु भएको क्याफेमा खिचिएको यो फोटो… सिसिटिभी फुटेजमा तपाईं मात्र हुनुहुन्छ। तपाईं अगाडि कोही छैन। त्यो कुर्सी र गिलास खाली छ।"
मेरो घाँटी सुकेको थियो।
"तर… तर त्यो मुस्कान… त्यो स्वर… फेसबुक… टिकटक…"
इन्स्पेक्टरले विस्तारै भने,
"अनामिका नामकी त्यस्तो प्रोफाइल छैन। हामीले त्यो ID ट्रेस गर्दा… त्यो तपाईंले आफैंले बनाएको फेक प्रोफाइल रहेछ।"
म स्तब्ध।
"अ… असम्भव…"
इन्स्पेक्टर टेबलमा झुके —
"शायद तपाईं… तपाईंको मनले बनाएको मान्छे हो। तपाईंले नै कल्पना गर्नुभएको… एक पात्र ।“
मैले वरिपरि हेरेँ — कोठा, कुर्सी, फोटो… सबै धुमिल हुँदै थियो।
एक्कासि मसँगका ती सम्झनाहरू… गर्मीयामको त्यो म्यानपावर… लेकसाइड… क्याफे…
सबै दृश्य एक किसिमको धुवाँ जस्तै हराउँदै गए।
"अनि त्यो सन्देश? ‘यदि म हराएँ भने, रमणसँग खोज्नु’?"
इन्स्पेक्टरले गहिरो सास फेरे,
"त्यो तपाईंले आफैंले लेखेको हुन सक्छ। तपाईं… भूलिरहनु भएको होला।"
त्यसपछि —
ढोका बज्यो।
"रमण… रमण…"
उही स्वर। अनामिकाको।
एउटा २२-२४ बर्षकी युवती उही पहेँलो टिसर्ट र निलो जिन्स।
उसको हातमा रहेको एउटा कागज हावाले उडाउदै मेरो सामु खस्यो, मैले त्यो उठाएर हेरेँ।
“म यहीं छु, रमण।”
तिमी गयौ भने, मेरो के हुन्छ?
यो प्रश्न भित्र, अर्थ के बुन्छ?
तिमीलाई सोचे जस्तो देखिए पनि,
स्वार्थको बिगुल बज्दै गुन्छ।
तिम्रो पीरमा, उनी डुबे कि?
कि आफ्नै सुखमा अल्झिए?
तिमी बिनाको संसार अँध्यारो होला,
कि आफ्नै उज्यालो सम्झिए?
कुरामा मिठास हुन सक्छ,
तर भावना भित्र खोज हेर।
तिम्रो व्यथा, कि उनको डर?
कसले गुमाउँछ, बुझ हेर।
Have you thought sometimes that how religion is formed? How people belongings from similar area follow the same religion? Why all religion tells the same thing to follow? And why people think they are superior to other following their religion?
Most people say, if you don't believe on their own religion, he/she might go to hell. Why this thing scares people? Why people are reluctant because you might go to hell after doing something bad in this life?
The main thing that develops the religion is the belief. Human are so delicate that they need someone to talk or care, whenever they feel bad. One of our greatest strengths (and weaknesses) is our ability to think and decide for ourselves. However, we often form conclusions without fully understanding the bigger picture. We procrastinate, we imagine things that never happened, and we create narratives in our minds to make sense of the world.
What Is the religion then? What I think a religion can differ from the other person. For an atheist there is no such thing as a god so for them, religion doesn’t exist. For a religious person, there is some individual sitting above and watching all of us. But, who exactly is watching, is it a Hindu god, Muslim god, Christian god or anyone else. Is god only watching their own disciple? Or we are not sure if all are same and we don’t know about that or there is no thing as such. While there is no evidence of existence of god and not an evidence of them not existing. One can’t exactly tell if they exist or not with a certainty. There is always a word “may” or an assumption.
I'm not here to argue for or against the existence of God, and even if I wanted to, I don't think I have the knowledge or understanding to prove or disprove something so vague and abstract. Perhaps this is one of those concepts that hold more value than even complex physics theories like the Navier-Stokes equation, a million-dollar question. There’s no straightforward answer to it, we simply assume certain beliefs, choosing either to accept or reject them.
I believe I have the ability to analyze and understand certain people's beliefs. Religion, at its core, is simply faith in something or someone, a devotion to a higher power. I think people seek constant support in different aspects of life. If their needs are met within their family, they won’t look elsewhere. However, when they require something their family cannot provide, they turn to others.
For instance, if someone needs motivation for work but their family members are unfamiliar with their field and unable to help, they will seek guidance from colleagues or a boss. This pattern applies in many areas of life. If a person has thoughts or struggles they cannot share with family, friends, or anyone else, they either keep it to themselves or look for someone superior with greater understanding. If they don’t find such a person, they may create a god in their mind, entrusting their worries to this higher being, believing it will provide solutions, even without knowing how. If they did know how, they would resolve their issues on their own.
However, I don’t think this is the primary reason religion exists. Left entirely alone, an individual might create an imagined superior figure, and this concept would vary from person to person. When individuals believe that someone possesses special abilities beyond human capabilities, they will probably attribute the individual as special or divine. Religious books might never have been printed at any given time but could have developed over time through reviews from other individuals based on stories passed down from generations. As messages are passed from one person to another, they naturally diverge and change, potentially shaping the belief systems we see today.
If believing in a higher power brings someone happiness or helps them stay focused, why shouldn’t they? I have a question for atheists, when you fall ill, whom do you turn to? A doctor, of course. But even doctors have limitations. They can’t perform miracles instantly. If, in times of crisis or desperation, there’s no one to turn to for comfort, wouldn’t that lead to sadness or even trauma? So why should we oppose someone’s belief if it helps them get through difficult times? Why create unnecessary distress for them? Extremism on either side is harmful, so let’s simply agree to disagree on whether God exists.
If you ask me whether I’m an atheist, my answer lies in a few simple questions: Am I the most superior being in the world? Do I sometimes need someone to confide in when there’s no one else around? Do I seek guidance for problems I cannot solve on my own? Considering all these, I think you already have my answer, I am not an atheist. I believe there is a higher power watching over me, guiding me, and offering help in my difficult times.
I don’t think true atheism exists. Why? Because even atheists have faith, faith in the belief that there is no higher power. Isn’t that, in itself, a contradiction to their own stance?
So, does God exist? Well, I’ll leave that to philosophers, theologians, and that one uncle who always brings it up at family gatherings. But one thing’s for sure, whether you pray to a deity, trust in science, or just bringing your palms together and hope for the best, we all need something to hold on to. At the end of the day, maybe the real miracle is that we’ve spent centuries debating this question and still haven’t agreed on an answer.
I never got the "best friend" concept. How can someone unrelated by blood understand you in ways that you barely do yourself? Stick by you when you are in your worst moment? Offer help, expecting absolutely nothing in return? Is such a bond real, or just what people tell themselves?
I am at a loss sometimes to understand my thoughts, my emotions. If I don't even know myself thoroughly, how could I expect anybody else to? Yet the world idealizes this idea of a best friend. Is this reality, where friendships are made out to be flawless?
What really makes someone a "best friend"? Is it the person you like talking to the most? The one you spend the most time with? Or is it simply a title decided by circumstance, two people placed in the same environment, labeled as inseparable?
If you ask me, I may have few good friends, few more friends. But a "best friend," as the world defines it? No one. Maybe the problem is with me. Maybe I'm looking for something that doesn't exist.
चिया सँग मेरो नाता अलि फरक छ।
अरु चिया पिउने बहाना खोज्छन्,
म भने चिया पिउने सङ्गत खोज्छु।
अरु चियाको लतमा रमाउँछन्,
म उनको चिया खुवाईमा रमाउँछु ।
अरु चियाको चुस्कीमा आनन्द खोज्छन्,
म चियासँगैका गफमा आत्मीयता भेट्छु।
अरुलाई चियामा दूध र चिनीको सही मात्रा चाहिन्छ,
मलाई भने कुरामा मिठास र न्यानोपन चाहिन्छ।
अरु चियालाई जीवन ठान्छन्,
तर म चियासँगैको क्षणलाई जीवन ठान्छु।
बादल आफ्ना परिवारसँग सानो सहरको घरको भुइँतलामा बस्दै आएको छ। उनको जीवन सामान्यजस्तै देखिन्छ। तर, एकदिन उनले आफु एउटा अनौठो खेल भित्र रहेको पत्ता लगाउँछन्, जसले उनको दिमागलाई पूर्ण रूपमा नियन्त्रणमा लिन्छ। सुरूमा यो खेल सामान्य लाग्छ, तर चाँडै नै यो खेल एउटा डरलाग्दो फन्दामा बदलिन्छ।
खेलमा धेरै स्तर रहेका छन्, र हरेक स्तर अघिल्लोभन्दा गाह्रो। कुनै पनि स्तर समयमा पूरा गर्न नसके, खेलमा सहभागी व्यक्तिको बलि दिइनेछ ।
बादलको समूहमा अपरिचित अनुहारहरूसँगै केही परिचित मानिसहरू पनि छन्। बादलको समूहलाई नै ती बलिहरूको व्यवस्थापनको जिम्मा दिएको छ । उक्त बलि को कार्यक्रम बादल बसेको घरको माथिल्लो हुने गर्थ्यो ।
उसले यो सपना हो की विपना छुट्ट्याउन सकिरहेको हुदैन । खेलको उद्देश्य र यसको नियमको अर्थ के हो भन्ने कुरामा उनी शंका गर्न थाल्छन्। तर, यो प्रश्नहरूको खेल होइन। खेलमा अघि बढ्ने एकमात्र बाटो भनेको हरेक स्तर पूरा गर्नु हो।
डर र तनावले ग्रस्त भए पनि, बादल बाँकी स्तरहरू पार गर्छन्। खेल हरेक चरणमा अझ भयावह बन्दै जान्छ। वास्तविकता र कल्पनाको सिमाना हराउदै जान्छ।
उसले यो खेलबाट मुक्त पाउने उपाय भेट्टाउछन् । त्यसको लागि स्पिन गर्नु पर्ने हुन्छ । ३ पटक मौका पाइन्छ र त्यसमा मुक्त हुने अवस्था आएमा यो खेल बाट मुक्त हुन सकिन्छ । बादलले एक पटक पाङ्ग्रा घुमाए, तर असफल भए। यदि उनले फेरि घुमाएनन् भने, उनले सबै स्तरहरू पूरा गर्न सक्दैनथे, र आफु मुक्त हुने कुनै मौका हुँदैनथ्यो। तर, स्पिन नगरे, जीवनभर यो भयावह संसारमा थुनिनेछन्।
उनी सोच्न थाले, यदि मैले तीनै पटक घुमाएँ भने, म भाग्यमानी हुन सक्छु। यस सोचका साथ उनले जोखिम लिने निर्णय गरे। उनले फेरि घुमाए, तर भाग्यले साथ दिएन। डरले उनलाई पक्रियो, र उनले आफ्नो हात टाउकोमा राखे। आफूलाई थाहा नपाई, उनी भुइँमा थचक्क बसे। उनीलाई थाहा छ कि यो अन्तिम मौका हो।
तिनपटक स्पिन गर्छन्। हरेकपटक असफल। अब, बादलसँग कुनै विकल्प बाँकी थिएन। उनको मृत्युको समय आइसकेको थियो।
तीनपटक असफल भएपछि, बादलले आफ्नो भाग्यलाई स्वीकार्छन्। उनी आफ्नो अन्तिम क्षण परिवारसँग बिताउन चाहन्छन्। गहिरो मनमा उनी आफ्नो मृत्युको प्रतीक्षा गरिरहेका छन्।
दुई दिनपछि, रातको अँध्यारोमा, ढोका चर्र… गर्दै खुल्छ। एउटा विशाल आकृति, यमराजको जस्तो डरलाग्दो पोशाकमा, उसको अगाडी देखा पर्छ ।
बादल बलिको लागि तयार भएर अगाडि बढ्छन्। तर,.....
अचानक, उनको कोठामा रहेको स्क्रिनखुल्छ। स्क्रिनमा एउटा नयाँ स्तर देखिन्छ:
"विश्वासघात।"
सन्देश देखिन्छ:
"अन्तिम मौका। सबैलाई बचाउन एकजनालाई हटाउनुहोस्।"
बादल आफ्नो मनभित्रको डर र द्वन्द्वसँग जुध्छन्। उनलाई थाहा छ—यो नियम मान्नु भनेको आफ्नैको विरुद्ध जानु हो। तर, खेलको टाइमर घट्दै जान्छ। स्क्रिनमा फेरि अर्को चेतावनी देखिन्छ:
"इन्कारले सबैलाई समाप्त गर्नेछ।"
उनी स्क्रिन बन्द गर्न रिमोटको बटन थिच्छन्। स्क्रिन अचानक अँध्यारो हुन्छ। चर्को चिच्याहट घरभित्र गुञ्जिन्छ।
बादल दौडिएर जान्छन्। परिवार सबैजना बसिरहेको छ। तर सबैको आँखामा डर छ। खेलको कन्सोल अब बादलको हातमा छ, र त्यो रगतले लतपतिएको छ।
ढोकामा एकचोटि फेरि आवाज आउँछ। उक्त विशाल आकृति भएको व्यक्ति भित्र छिर्छ। तर, यो समय उनी बादलतिर इशारा गर्छ।
स्क्रिन फेरि चम्किन्छ, र अन्तिम सन्देश प्रकट हुन्छ:
"तपाईंको खेल पूरा भयो।"
उनि राहतको श्वास लिन खोज्छन । तर, राहत लामो समय टिक्दैन। स्क्रिन फेरि चम्किन्छ। अब त्यसमा लेखिएको छ:
"हरेक बलि दिने व्यक्ति कुनै समय खेलाडी थियो। अब तपाईंलाई नयाँ भूमिकामा स्वागत छ।"
बादलको शरीर बिस्तारै-बिस्तारै बलि दिने व्यक्तिको पोशाकले ढाक्न थाल्छ। उनी यो खेलको अर्को घातक पात्र बन्दै जान्छन्।
कसैलाई देश छोड्न हतार छ
कसैलाई देश फिर्ता आउन हतार छ।
कसैलाई पहिलो पटक ले अत्याएको छ
कसैलाई दैनिक यात्राले मताएको छ।
कसैलाई दुःख मनाउन हिड्नु छ
कसैलाई खुशी बाँड्न हिड्नु छ।
कसैलाई अवसरले बोलाएको छ
कसैलाई भाग्यले धकेलेको छ
यो ठाउँ भावनाले बनेको छ
हरेक भावना भित्र छुट्टै कथा रहेको छ।
हरेक हतारोमा कथा छ, हरेक यात्रामा एउटा भावना।
Yes, you heard it right; there are detailed steps to follow to be a man.
First and foremost, rage at everything, even when you're at fault. If someone tries to talk to you and remind you of your mistakes, don’t listen. Instead, beat the shit out of them because, after all, you are never wrong.
Another crucial aspect is to laugh at someone below you without knowing anything about their situation, just to degrade their character. Remember, this is essential for asserting dominance.
Don’t forget to smoke and drink regularly; this is a top requirement. It’s a sign of true manliness.
Adopt a "speed doesn’t kill me" attitude. Don’t worry about what people don’t like. Just do your thing as you please. Driving at speeds less than 100 Km/h is a sin. Remember this. Buy a motorcycle just for show, and modify its exhaust to create an unnatural, loud sound that disturbs the entire neighborhood.
According to the constitution, we must respect the rights and freedoms of others when exercising our rights. But did you know that following these rules and acting with consideration makes you “girly”?
I should not need to say this but always treat women as inferior. Degrading them is a sign of strength and superiority. Never respect or consider them equals.
असारको बेला केहि दिन देखी लगातार झरी परिरहेको थियो । कलेज को १५ दिन को विदामा घर
आएको थिए । कलेज जानु पर्ने भएकाले घर बाट काठमाडौं आउनका लागि बिहानै ५ बजे गाडी चदछु
भनेर घर बाट निस्किए । गाडी केहि ढिलो गरेर साढे ६ बजेमा मात्र चोकमा आइपुग्यो । गाडी ढिलो
आएकोले केहि रिस उठेको थियो । ४ नं को सिट बुक गरेको थिए तर ६ नं को सिटमा बस भनेर
ड्राइभरले भन्नुभयो । मलाई गाडीको सिट जुन भएपनि केहि फरक नपर्ने भएकोले मा चुप लागेर बसे
त्यहि सिटमा । मेरो छेउको सिट खाली थियो । म पनि एक्लै भए झन् ठिक भनेर वास्ता गरिन । गाडी
चल्न थाल्यो केहि पर पुगेपछि रोकियो । झन्डै मेरै उमेरको केटि गाडी भित्र पसिन, ड्राइभरले म
संगैको सिटमा बस्न भन्नुभयो उनीलाई। उनि मेरो नजिक आइन अनि आफु झ्यालको छेउमा बस्ने
इच्छा जाहिर गरिन,मैले पनि हुन्छ भनेर उनीलाई झ्यालतिर बस्न दिए ।
केहि समय गाडीमा सबै जना मौन हुनुहुन्थ्यो र हामी पनि । करिब बाह्रबजे मात्र खाना खान गाडी
रोकियो। आठबजे खाजा खाएकाले भोक राम्ररी लागेको थियो । खाना खाइसके पछी दिउँसो गाडीमा
खान हुन्छ भनेर एक प्याकेट चिप्स र एक बोतल पानी किनेर ल्याए । गाडी अघिकै तरिकाले अगाडी
बढ्न थाल्यो । त्यतिबेला सम्म पानी परेको थिएन तर सिन्धुलीको त्यो घुमाउरो सडक लाग्ने बित्तिकै
पानीपर्न  थाल्यो । खाना खाएकाले निद्राले झ्याप्प छोप्यो र कतिखेर निदाएछु पत्तै भएन । केहि बेर
पछी ब्यूँझदा उनि मेरो काँधमा टाउको राखेर निदाइरहेकि रहेछिन । एक अन्जान युवती आफ्नो
काँधमा टाउको राखेर निदाइरहदा कसैले केहि भन्लान कि भनेर केहि डर पनि लाग्यो तर निदाएको
बेलामा उनलाई उठाउन मन लागेन । म आफ्नै सुरमा मोबाइल चलाउन थाले । उनि अचानक
ब्युझिन र उनले केहि अप्ठ्यारो महसुस गरेको आभास भयो । उनि “सरि है” भन्दै अर्को तर्फ फ़र्कीईन् ।
म आफैलाई के भनौभनौ भयो । “हैन ठिकै छ, अघि म ब्यूँझदा तपाईं निदाउनु भएको रहेछ, त्यसैले
निदाएको लाई किन डिस्टर्ब गर्नु भनेर केहि भनिन मैले”, मैले भने । उनि मुसुक्क मुस्काईन । अनि,
उनि र मेरो परिचय भयो । लगभग दिउसों ४ बजेको थियो । खाजाको लागि गाडी रोकियो, हामी संगै
बसेर खाजा खायौं । काठमाडौँ नपुगुन्जेल हाम्रो कुरा भयो । काठमाडौँ पुग्दा लगभग ८ बजिसकेको
थियो अनि पानी अझै रोकिएको थिएन । हामी कोटेश्वोर बाट छुट्टियौं । म होस्टेल पुगे पछी खाना खाए
अनि दिनभरिको यात्राको थकानले गर्दा छिट्टै निदाएछु ।
बिहान पनि ढिलै ब्युझिए । उनको याद आयो, फोन नम्बर नमागेको हुनाले फेसबुक खोले उनको
नाम सर्च गरे, प्रोफाइल भेट्टाए, फ्रेन्ड रिक्वेस्ट पठाए अनि म्यासेज पनि गरि हाले, “हिजो बेलुका निदाएछु,
पुग्न त पुगेउ नि सजिलै?” । केहि बेरमै रिप्लाई आयो, “बेलुका भएकोले गाडी पाउन एकछिन कुर्न पर्यो,
सजिलै पुगे” । केहि बेर सम्म मलाई के भनौ भनौ भयो । केहि कुरा गरौ जस्तो लग्यो अनि म्यासेज गरे,
“ खाना खाएउ ??” । उनले भनिन , “ बिहान ८ बजे नै कसले खाना खान्छ र?”।
त्यस दिन बाट हामी हरेक  हप्ता भेट्न थालेउ । उनको र मेरो बसाई नजिकै नभएपनि शनिबार
एकदिन समय मिलाएर भेट्न थालेउ । लगभग ७, ८ महिना हाम्रो कुरा भयो । ७,८ महिना सम्म कुरा गर्दा
मैले कैले पनि प्रत्यक्ष आफ्नो मायाको प्रस्ताव राखेको थिइन र हाम्रो सामिप्यता र निकटता ले गर्दा  मैले
प्रस्ताव राख्न पर्छ जस्तो महसुस भएको पनि थिएन। अचानक एकदिन बिहान उनलाई म्यासेज गर्न खोज्दा
उनको अकाउन्ट बन्द भएको पाए । अघिल्लो राति ११ बजे सम्म कुरा भएकोले धेरै चिन्ता गरिन । त्यो
दिनभरी उनको अकाउन्ट बन्द नै थियो। उनको मोबाइल नम्बर मा पनि म्यासेज गरे, रिप्लाई आएन।
लगभग १५ दिन लगातार सम्म रिप्लाई नआएपछि मलाई टेन्सन भयो। सम्पर्क गर्ने कुनै तरिका थिएन।
केहि समयपछी मेरो फोनमा म्यासेज आयो, “sorry for everything, lets end it” । म छागों बाट
खसे जस्तो भए। मनको कौतुहलता मेट्न मैले रिप्लाई गरे, “किन? के भयो र?” । उता बाट रिप्लाई आयो ,
“let’s not talk about it” । म सोच्न थाले, मेरो केहि गल्ति थियो कि?, मैले केहि गरेको थिए र? मैले आफु
बाट केहि उत्तर पाइन।
करिब २ वर्षपछी, म ब्याचलर चौथो वर्ष मा अध्ययन गर्दैथिए। कलेज को अन्तिम वर्ष भएकोले पढाईमा
अलि बढी नै मेहेनत गर्न पर्थ्यो। एकदिन कलेज बाट फर्केर यसो फोन खोल्दा म्यासेन्जरमा म्यासेज आएछ,
यसो हेर्दा उनको म्यासेज रहेछ, “हेलो, के गर्दै छौ?” । एकसमयको लागि  विश्वास पनि भएन कि यसरी
अचानक उनको म्यासेज आउंछ भनेर तर उनकै म्यासेज रहेछ। केहीबेर हाम्रो कुरा भयो। मलाई पहिलेको
बारेमा सोध्न मन थिएन किन भने म त्यो समय सम्झन चाहन्न थिए। उनले नै भन्न थालिन कि त्यो दिन घर मा
उसको ममी र बाबा बीच ठुलै झगडा भएको र उहाँहरु बीच सम्बन्ध विच्छेद भएछ जसका कारण उनि
मानसिक चिन्ताको शिकार बन्न पुगीछिन, त्यसैले यो निर्णय लिएकी रहिछिन।
आज हाम्रो बिहे भएको पनि ६ बर्स भएछ, समय कति छिटो बित्दो रहेछ है।