# सुने जस्तो त गर

दिन भरि को थकान सुनाउने मन छ,  
मन भरिको बखान भन्न मन छ,  
तिमी सुने जस्तो त गर।

सबै ठिकै छ भनेर देख्दा नि,  
भित्र कताकता चिसो लागेको छ।  
तिमी धेरै त बुझ्दैनौ होला, तर—  
अलि कति बुझे जस्तो त गर,

तिमीलाई दोष दिन खोजेको होइन,  
बस, आज अलिकती सुनाउने मन छ।  
तिमी ओठले मौन भए पनि,  
मनले छोए जस्तो त गर।

कुरा गर्न छैन भने नि,  
कान तिमी मेरो नजिक राख,  
म बाँचु भन्ने भर पाउनु छ,  
तिमी बाँच्न दिए जस्तो त गर।
