कति रिसाकी तिमी
कति रिसाकी तिमी,
बोल्दै बोल्दैनौ, हेर्दै हेर्दैनौ।
मैले केही गल्ती गरेँ होला,
कहिले कतै आउन ढिलो गरेँ होला,
तर समय मेरो बसमा पनि त थिएन,
कति रिसाकी छ्यौ तिमी।
एक चोटि हाँसिदेऊ न तिमी,
पाहुना जस्तै गज्जक्क परेर,
शृंगारले सजिएकी तिमी,
लालीले रातिएकी तिमी,
किन आज केही बोल्दिनौ तिमी?
बाँसको चोयामा बाँधिएर,
सेतो कपडामा बेरिएकी तिमी।
चिसो निधार, चिसो हात,
चिसो भइसक्यो मेरो पुकार पनि।
एक चोटि हाँसिदेऊ न तिमी।
Comments
Join the discussionNo comments yet. Be the first to comment.

