Skip to main content

Command Palette

Search for a command to run...

म कवि हैन कविता

Published

म कवि हैन कविता बन्न चाहन्छु,

जसले अनगिन्ती भावना बोलोस्,

शब्द एक हुन, तर अर्थ कैयौं,

जसले मनभित्रको मौनता खोलोस्।

पढ्नेले हाँसो देखून्, र आँसु पनि,

कसैले भेटून् प्रेम, कसैले पीडा

म कवि होइन, ती कविहरूको प्रेरणा बन्न चाहन्छु,

जो आफैंभित्र हराएर पनि सिर्जना गर्न् सकून्।

More from this blog

ध्यानाकर्षण प्रस्ताव

प्रतिनिधि सभा — नेपाल संसद ध्यानाकर्षण प्रस्ताव Adjournment Motion / Policy Proposal विषय राष्ट्रिय हुलाक ठेगाना प्रणाली सुधार मन्त्रालय सञ्चार तथा सूचना प्रविधि / स्थानीय तह १. सन्दर्भ तथा समस्याको प

Mar 29, 2026

म 'ढुंगा'

हरेक भावना चुपचाप समेट्ने, दुखलाई मौनतामा पचाउने,,  हरेक पाइलाको भारि बोक्न सक्छु, भरियाको लागि टेको बन्न खोज्छु, बटुवाको जुत्ताको पिटाइ खान सक्छु,  भरिया र बटुवा कुनै दिन त आभारी हुनेछन, मलाई मेरो गन्तव्यमा पुग्न सहयोग गर्ने छन्, उक्त समय म विलिन ...

May 25, 2025

सुने जस्तो त गर

दिन भरि को थकान सुनाउने मन छ,मन भरिको बखान भन्न मन छ,तिमी सुने जस्तो त गर। सबै ठिकै छ भनेर देख्दा नि,भित्र कताकता चिसो लागेको छ।तिमी धेरै त बुझ्दैनौ होला, तर—अलि कति बुझे जस्तो त गर, तिमीलाई दोष दिन खोजेको होइन,बस, आज अलिकती सुनाउने मन छ।तिमी ओठले मौ...

May 10, 2025

गिरीस-गन्थन

15 posts