Skip to main content

Command Palette

Search for a command to run...

अनन्तको यात्रा

Updated

असारको बेला केहि दिन देखी लगातार झरी परिरहेको थियो । कलेज को १५ दिन को विदामा घर आएको थिए । कलेज जानु पर्ने भएकाले घर बाट काठमाडौं आउनका लागि बिहानै ५ बजे गाडी चदछु भनेर घर बाट निस्किए । गाडी केहि ढिलो गरेर साढे ६ बजेमा मात्र चोकमा आइपुग्यो । गाडी ढिलो आएकोले केहि रिस उठेको थियो । ४ नं को सिट बुक गरेको थिए तर ६ नं को सिटमा बस भनेर ड्राइभरले भन्नुभयो । मलाई गाडीको सिट जुन भएपनि केहि फरक नपर्ने भएकोले मा चुप लागेर बसे त्यहि सिटमा । मेरो छेउको सिट खाली थियो । म पनि एक्लै भए झन् ठिक भनेर वास्ता गरिन । गाडी चल्न थाल्यो केहि पर पुगेपछि रोकियो । झन्डै मेरै उमेरको केटि गाडी भित्र पसिन, ड्राइभरले म संगैको सिटमा बस्न भन्नुभयो उनीलाई। उनि मेरो नजिक आइन अनि आफु झ्यालको छेउमा बस्ने इच्छा जाहिर गरिन,मैले पनि हुन्छ भनेर उनीलाई झ्यालतिर बस्न दिए ।

केहि समय गाडीमा सबै जना मौन हुनुहुन्थ्यो र हामी पनि । करिब बाह्रबजे मात्र खाना खान गाडी रोकियो। आठबजे खाजा खाएकाले भोक राम्ररी लागेको थियो । खाना खाइसके पछी दिउँसो गाडीमा खान हुन्छ भनेर एक प्याकेट चिप्स र एक बोतल पानी किनेर ल्याए । गाडी अघिकै तरिकाले अगाडी बढ्न थाल्यो । त्यतिबेला सम्म पानी परेको थिएन तर सिन्धुलीको त्यो घुमाउरो सडक लाग्ने बित्तिकै पानीपर्न थाल्यो । खाना खाएकाले निद्राले झ्याप्प छोप्यो र कतिखेर निदाएछु पत्तै भएन । केहि बेर पछी ब्यूँझदा उनि मेरो काँधमा टाउको राखेर निदाइरहेकि रहेछिन । एक अन्जान युवती आफ्नो काँधमा टाउको राखेर निदाइरहदा कसैले केहि भन्लान कि भनेर केहि डर पनि लाग्यो तर निदाएको बेलामा उनलाई उठाउन मन लागेन । म आफ्नै सुरमा मोबाइल चलाउन थाले । उनि अचानक ब्युझिन र उनले केहि अप्ठ्यारो महसुस गरेको आभास भयो । उनि “सरि है” भन्दै अर्को तर्फ फ़र्कीईन् । म आफैलाई के भनौभनौ भयो । “हैन ठिकै छ, अघि म ब्यूँझदा तपाईं निदाउनु भएको रहेछ, त्यसैले निदाएको लाई किन डिस्टर्ब गर्नु भनेर केहि भनिन मैले”, मैले भने । उनि मुसुक्क मुस्काईन । अनि, उनि र मेरो परिचय भयो । लगभग दिउसों ४ बजेको थियो । खाजाको लागि गाडी रोकियो, हामी संगै बसेर खाजा खायौं । काठमाडौँ नपुगुन्जेल हाम्रो कुरा भयो । काठमाडौँ पुग्दा लगभग ८ बजिसकेको थियो अनि पानी अझै रोकिएको थिएन । हामी कोटेश्वोर बाट छुट्टियौं । म होस्टेल पुगे पछी खाना खाए अनि दिनभरिको यात्राको थकानले गर्दा छिट्टै निदाएछु ।

बिहान पनि ढिलै ब्युझिए । उनको याद आयो, फोन नम्बर नमागेको हुनाले फेसबुक खोले उनको नाम सर्च गरे, प्रोफाइल भेट्टाए, फ्रेन्ड रिक्वेस्ट पठाए अनि म्यासेज पनि गरि हाले, “हिजो बेलुका निदाएछु, पुग्न त पुगेउ नि सजिलै?” । केहि बेरमै रिप्लाई आयो, “बेलुका भएकोले गाडी पाउन एकछिन कुर्न पर्यो, सजिलै पुगे” । केहि बेर सम्म मलाई के भनौ भनौ भयो । केहि कुरा गरौ जस्तो लग्यो अनि म्यासेज गरे, “ खाना खाएउ ??” । उनले भनिन , “ बिहान ८ बजे नै कसले खाना खान्छ र?”।

त्यस दिन बाट हामी हरेक हप्ता भेट्न थालेउ । उनको र मेरो बसाई नजिकै नभएपनि शनिबार एकदिन समय मिलाएर भेट्न थालेउ । लगभग ७, ८ महिना हाम्रो कुरा भयो । ७,८ महिना सम्म कुरा गर्दा मैले कैले पनि प्रत्यक्ष आफ्नो मायाको प्रस्ताव राखेको थिइन र हाम्रो सामिप्यता र निकटता ले गर्दा मैले प्रस्ताव राख्न पर्छ जस्तो महसुस भएको पनि थिएन। अचानक एकदिन बिहान उनलाई म्यासेज गर्न खोज्दा उनको अकाउन्ट बन्द भएको पाए । अघिल्लो राति ११ बजे सम्म कुरा भएकोले धेरै चिन्ता गरिन । त्यो दिनभरी उनको अकाउन्ट बन्द नै थियो। उनको मोबाइल नम्बर मा पनि म्यासेज गरे, रिप्लाई आएन। लगभग १५ दिन लगातार सम्म रिप्लाई नआएपछि मलाई टेन्सन भयो। सम्पर्क गर्ने कुनै तरिका थिएन। केहि समयपछी मेरो फोनमा म्यासेज आयो, “sorry for everything, lets end it” । म छागों बाट खसे जस्तो भए। मनको कौतुहलता मेट्न मैले रिप्लाई गरे, “किन? के भयो र?” । उता बाट रिप्लाई आयो , “let’s not talk about it” । म सोच्न थाले, मेरो केहि गल्ति थियो कि?, मैले केहि गरेको थिए र? मैले आफु बाट केहि उत्तर पाइन।

करिब २ वर्षपछी, म ब्याचलर चौथो वर्ष मा अध्ययन गर्दैथिए। कलेज को अन्तिम वर्ष भएकोले पढाईमा अलि बढी नै मेहेनत गर्न पर्थ्यो। एकदिन कलेज बाट फर्केर यसो फोन खोल्दा म्यासेन्जरमा म्यासेज आएछ, यसो हेर्दा उनको म्यासेज रहेछ, “हेलो, के गर्दै छौ?” । एकसमयको लागि विश्वास पनि भएन कि यसरी अचानक उनको म्यासेज आउंछ भनेर तर उनकै म्यासेज रहेछ। केहीबेर हाम्रो कुरा भयो। मलाई पहिलेको बारेमा सोध्न मन थिएन किन भने म त्यो समय सम्झन चाहन्न थिए। उनले नै भन्न थालिन कि त्यो दिन घर मा उसको ममी र बाबा बीच ठुलै झगडा भएको र उहाँहरु बीच सम्बन्ध विच्छेद भएछ जसका कारण उनि मानसिक चिन्ताको शिकार बन्न पुगीछिन, त्यसैले यो निर्णय लिएकी रहिछिन।

आज हाम्रो बिहे भएको पनि ६ बर्स भएछ, समय कति छिटो बित्दो रहेछ है।

More from this blog

ध्यानाकर्षण प्रस्ताव

प्रतिनिधि सभा — नेपाल संसद ध्यानाकर्षण प्रस्ताव Adjournment Motion / Policy Proposal विषय राष्ट्रिय हुलाक ठेगाना प्रणाली सुधार मन्त्रालय सञ्चार तथा सूचना प्रविधि / स्थानीय तह १. सन्दर्भ तथा समस्याको प

Mar 29, 2026

म कवि हैन कविता

म कवि हैन कविता बन्न चाहन्छु, जसले अनगिन्ती भावना बोलोस्, शब्द एक हुन, तर अर्थ कैयौं, जसले मनभित्रको मौनता खोलोस्। पढ्नेले हाँसो देखून्, र आँसु पनि, कसैले भेटून् प्रेम, कसैले पीडा म कवि होइन, ती कविहरूको प्रेरणा बन्न चाहन्छु, जो आफैंभित्र हराएर पनि स...

Jul 14, 2025

म 'ढुंगा'

हरेक भावना चुपचाप समेट्ने, दुखलाई मौनतामा पचाउने,,  हरेक पाइलाको भारि बोक्न सक्छु, भरियाको लागि टेको बन्न खोज्छु, बटुवाको जुत्ताको पिटाइ खान सक्छु,  भरिया र बटुवा कुनै दिन त आभारी हुनेछन, मलाई मेरो गन्तव्यमा पुग्न सहयोग गर्ने छन्, उक्त समय म विलिन ...

May 25, 2025

सुने जस्तो त गर

दिन भरि को थकान सुनाउने मन छ,मन भरिको बखान भन्न मन छ,तिमी सुने जस्तो त गर। सबै ठिकै छ भनेर देख्दा नि,भित्र कताकता चिसो लागेको छ।तिमी धेरै त बुझ्दैनौ होला, तर—अलि कति बुझे जस्तो त गर, तिमीलाई दोष दिन खोजेको होइन,बस, आज अलिकती सुनाउने मन छ।तिमी ओठले मौ...

May 10, 2025

गिरीस-गन्थन

15 posts