म 'ढुंगा'
हरेक भावना चुपचाप समेट्ने,
दुखलाई मौनतामा पचाउने,,
हरेक पाइलाको भारि बोक्न सक्छु,
भरियाको लागि टेको बन्न खोज्छु,
बटुवाको जुत्ताको पिटाइ खान सक्छु,
भरिया र बटुवा कुनै दिन त आभारी हुनेछन,
मलाई मेरो गन्तव्यमा पुग्न सहयोग गर्ने छन्,
उक्त समय म विलिन हुनु पूर्व आओस,
शरिर कडा हुनु अघि, मन हलुका होस्
बालुवा सरि टुक्रिनु अघि मन एकपटक मिलोस,
न त दोष भरियाको, न त बटुवाको
न त जुत्ताकै, न लट्ठीको कसुर
कमि मेरो भित्रै छ,
न यहाँ बाट उम्कन सक्छु,
न बगी नै जान सक्छु,
उम्कन त्यहि बटुवाको सहारा,
बगी जान भावी नै कुर्न पर्ने,
आफु आफै संग टुक्रिन पर्ने,
संगै वातावरण संग घुलमिल गर्न खोज्छु,
न त हावा ले साथ दिन्छ ,
न त प्राकृतिक विपत्ति नै साथि छ,
अचानकको हुरी ले क्षणिक साथ पनि छोड्न बाध्य पार्छ,
हिउसंगको हिमचिम हिमपहिरो ले तोड्यो,
ताल संगको तालमेलमा तगारो लाग्यो,
पहाडको प्रेम पर्याप्त हुन्छ कि?
तराइको तयारी गर्न पर्ने?

