Skip to main content

Command Palette

Search for a command to run...

"तिमी गयौ भने..."

Updated

तिमी गयौ भने, मेरो के हुन्छ?
यो प्रश्न भित्र, अर्थ के बुन्छ?
तिमीलाई सोचे जस्तो देखिए पनि,
स्वार्थको बिगुल बज्दै गुन्छ।

तिम्रो पीरमा, उनी डुबे कि?
कि आफ्नै सुखमा अल्झिए?
तिमी बिनाको संसार अँध्यारो होला,
कि आफ्नै उज्यालो सम्झिए?

कुरामा मिठास हुन सक्छ,
तर भावना भित्र खोज हेर।
तिम्रो व्यथा, कि उनको डर?
कसले गुमाउँछ, बुझ हेर।

More from this blog

ध्यानाकर्षण प्रस्ताव

प्रतिनिधि सभा — नेपाल संसद ध्यानाकर्षण प्रस्ताव Adjournment Motion / Policy Proposal विषय राष्ट्रिय हुलाक ठेगाना प्रणाली सुधार मन्त्रालय सञ्चार तथा सूचना प्रविधि / स्थानीय तह १. सन्दर्भ तथा समस्याको प

Mar 29, 2026

म कवि हैन कविता

म कवि हैन कविता बन्न चाहन्छु, जसले अनगिन्ती भावना बोलोस्, शब्द एक हुन, तर अर्थ कैयौं, जसले मनभित्रको मौनता खोलोस्। पढ्नेले हाँसो देखून्, र आँसु पनि, कसैले भेटून् प्रेम, कसैले पीडा म कवि होइन, ती कविहरूको प्रेरणा बन्न चाहन्छु, जो आफैंभित्र हराएर पनि स...

Jul 14, 2025

म 'ढुंगा'

हरेक भावना चुपचाप समेट्ने, दुखलाई मौनतामा पचाउने,,  हरेक पाइलाको भारि बोक्न सक्छु, भरियाको लागि टेको बन्न खोज्छु, बटुवाको जुत्ताको पिटाइ खान सक्छु,  भरिया र बटुवा कुनै दिन त आभारी हुनेछन, मलाई मेरो गन्तव्यमा पुग्न सहयोग गर्ने छन्, उक्त समय म विलिन ...

May 25, 2025

सुने जस्तो त गर

दिन भरि को थकान सुनाउने मन छ,मन भरिको बखान भन्न मन छ,तिमी सुने जस्तो त गर। सबै ठिकै छ भनेर देख्दा नि,भित्र कताकता चिसो लागेको छ।तिमी धेरै त बुझ्दैनौ होला, तर—अलि कति बुझे जस्तो त गर, तिमीलाई दोष दिन खोजेको होइन,बस, आज अलिकती सुनाउने मन छ।तिमी ओठले मौ...

May 10, 2025

गिरीस-गन्थन

15 posts