विमानस्थल

कसैलाई देश छोड्न हतार छ
कसैलाई देश फिर्ता आउन हतार छ।
कसैलाई पहिलो पटक ले अत्याएको छ
कसैलाई दैनिक यात्राले मताएको छ।
कसैलाई दुःख मनाउन हिड्नु छ
कसैलाई खुशी बाँड्न हिड्नु छ।
कसैलाई अवसरले बोलाएको छ
कसैलाई भाग्यले धकेलेको छ
यो ठाउँ भावनाले बनेको छ
हरेक भावना भित्र छुट्टै कथा रहेको छ।
हरेक हतारोमा कथा छ, हरेक यात्रामा एउटा भावना।

