चियासँगको नाता

चिया सँग मेरो नाता अलि फरक छ।
अरु चिया पिउने बहाना खोज्छन्,
म भने चिया पिउने सङ्गत खोज्छु।
अरु चियाको लतमा रमाउँछन्,
म उनको चिया खुवाईमा रमाउँछु ।
अरु चियाको चुस्कीमा आनन्द खोज्छन्,
म चियासँगैका गफमा आत्मीयता भेट्छु।
अरुलाई चियामा दूध र चिनीको सही मात्रा चाहिन्छ,
मलाई भने कुरामा मिठास र न्यानोपन चाहिन्छ।
अरु चियालाई जीवन ठान्छन्,
तर म चियासँगैको क्षणलाई जीवन ठान्छु।

